प्रकाशित : ११ चैत्र २०७६, मंगलवार १७:००

विराटनगर, ११ चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनको अवधिमा घरमै बस्न मोरंगका राजनीतिक दलले आग्रह गरेका छन् ।

नेकपाको पार्टी कार्यालय विराटनगरमा बसेको सर्वदलीय बैठकले संयमतपूर्वक आफू र परिवारको स्वास्थ्यलाई ध्यान दिँदै घरमै बस्न अनुरोध गर्ने निर्णय गरेको छ ।

दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीको उपलब्धताका विषयमा ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णय भएको नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।

बैठकमा नेकपा अध्यक्ष पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, राजपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरको सहभागीता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३