प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १६:२८

विराटनगर, १० चैत । मोरंगको सुनवर्षी ५ का एक युवकलाई रंगेली अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उच्च ज्वरो आएका शंकास्पद ३५ वर्षिय युवकलाई आइसोलेशन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई आइसोलेशन वार्डमा राखेर उपचार थालेको अस्पतालका मेडिकल सुपरटेण्डेन्ट डा.रोहेन्द्र पाण्डेले बताउनुभयो ।

आइसोलेशन वार्डमा रहेका युवकका छिमेकी भारतको केरलाबाट केही साता अघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

रंगेली नगरपालिकाले रंगेली अस्पतालमा ५ वेडको आइसोलेशन वार्ड तयार गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३