प्रकाशित : १० चैत्र २०७६, सोमबार १८:००

विराटनगर १० चैत । विराटनगर महानगरपालिकामा भोलीदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिनुभयो ।

महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो । लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिनुभयो ।

लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उनीहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको उहाँको भनाइ छ । अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ ।

यसैवीच सुनसरीको धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताउनुभयो । उहाँका अनुसार अहिले धरानमा भएका यात्रुहरुलाई सम्बन्धित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएर २१ गतेसम्मका लागि लकडाउन गरिएको छ ।

उहाँले सबै नगरबासीहरुलाई कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३