प्रकाशित : १० चैत्र २०७६, सोमबार १८:४७

विराटनगर, १० चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का शंखास्पद विरामीको उपचारका लागि प्रदेश नंं. १ का १ सय १५ अस्पतालमा आईसोलेसन वार्ड तयार गरेको छ ।

तेर्हथुम, संखुवासभा र ओखलढुंगामा आईसोलेसन वार्ड निर्माणाधिन अवस्थामा रहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले बताउनुभयो ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरि कोरोना भाईरसको रोकथामका लागि इमेरजेन्सी र फिबर जाँच बाहेकका सम्पूर्ण सेवा हाललाई स्थगित गरेको जनाएको छ । स्वास्थ्यकर्मीहरुलाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले तयार गरेको मार्गशर्दन अनुसार एउटा अस्पतालले कम्तिमा ५ वटा आईसोलेसन बेड तयार गर्नुपर्ने छ । कोरोना भाईरसका शंखास्पद विरामीको नमूना परिक्षणका लागि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला बनाईने भएको छ । काठमाण्डौं लगेर परिक्षण गर्दा समय लाग्ने भएकाले प्रदेशमै परिक्षण गर्ने तयारी गरिएको महाशाखा प्रमुख डा. मेहताले बताउनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुलाई ‘इमेरजेन्सी र फिबर’ बाहेकका सेवा स्थगित गर्न आजै निर्देशन दिईने मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश नंं १ का सवै अस्पतालमा आईसोलेसन वेड बनाईने पनि मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश सरकारले स्वास्थ्यकर्मीका लागि छुट्टै प्रोटोकल पनि तयार गरि पारित गरेको छ ।

स्थानीय, जिल्ला तथा सम्पूर्ण स्वास्थ्यकर्मीको जिम्मेवारी तोकेर प्रोटोकल तयार गरेको मन्त्री घिमिरेले बताउनुभयो । कोरोना भाईरसको नयाँ विरामी देखा परेसँगै चुनौति थपिएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३