प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार १३:४३

विराटनगर, ७ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट सावधानी अपनाउनबारे विराटनगर ८ का आधा दर्जन स्थानमा आज सचेतनामुलक कार्यक्रम गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबारे जोगिनका लागि सावधानी अपनाउने र संक्रमण भईहाले सुरक्षित रुपमा उपचार गर्नेबारे वडा कमिटीले अभियान चलाएको हो ।

अभियान अन्र्तगत आज मास्क, सेनिटाइजर, स्प्रे एवं पर्चा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो । उहाँका अनुसार आज बलुवाही, विश्वकर्मा चौक, शान्ति चौक, हरिहर चोक, अशोक चोक र सुकुम्बासी टोलमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

विराटनगर हाटखोला बसपार्क देखि देवकोटा चोक सम्म यात्रु वसका मजदुर र यात्रु र उद्योगका मजदुरलाई कोरोना भाइरसको जोगिने उपायहरुबारे जानकारी गराईएको वडा कमिटी अध्यक्ष पोखरेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३