प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०६:४०

विराटनगर, चैत ६ । विराटनगरमा सम्पन्न २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको उपाधि निहारिका कलेजले जितेको छ ।

विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत हिजो सम्पन्न फाइनल खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ३–१ गोलमा पराजित गर्दै उपाधि जितेको हो । जितसँगै निहारिकाले नगद १ लाख ११ हजार रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ ।

ग्रिनल्याण्ड कलेज उपविजेता हुँदै नगद ७५ हजार रुपैयाँमै चित्त बुझायो । निकै कडा प्रतिष्पर्धात्मक रहेको खेलमा निहारिकाले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयो भने ग्रिनल्याण्डले पाएका केही अवसर चुकाउँदा हार व्यहोर्नु पर्यो ।

खेलको ११ औं मिनेटमा निहारिकाका पृथ्वी चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुवै टोलीले गोलका धेरै प्रयास गर्दै ६३ औं मिनेटमा निहारिकाका रविन राईले गोल थपे लगत्तै पुनः रविन राईले गोल थप्दै गोल संख्या बढाए । ७२ औं मिनेटमा एकमात्र सान्तवना गोल ग्रिनल्याण्डका लागि संजय धिमालले गरेका थिए ।

खेलको म्यान अफ द म्याच निहारिकाका सूर्य थापा भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, क्लबका अध्यक्ष रोहित कोइरालालगायतले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयोे ।

प्रतियोगितामा विराटनगरका ग्रिनल्याण्ड, निहारिका, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, पथरीको रेडस्टार मावि, रंगेलीको जनप्रिय मावि र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३