प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार ०६:३३

विराटनगर ७ चैत । प्रदेश नं. १ का तीन स्थानमा ४ सय ४० वेडको क्वारेन्टाईन तयार गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का शंकास्पद विरामी राख्नका लागि मोरङको मिक्लाजुङ ५ टाँडी, झापाको भद्रपुर र उदयपुरमा क्वारेन्टराईन निर्माण गरिएको हो ।

नेपाली सेनाले टाँडीमा ४ सय विगाहा क्षेत्रफलमा २ सय वेडको क्वारेन्टाईन निर्माण गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाईनमा प्रत्येक पालभित्र २/२ जना अट्ने वेड राखिएको छ । पालको दुरी ५ मिटरको फरकमा रहेको छ ।

२५ ट्वाईलेट/वाथरुमसमेत रहेको क्वारेन्टाईनसँगै झापाको भद्रपुरस्थित ग्रामिण कृषि परिक्षण तालिम केन्द्रमा ४० वेड र उदयपुरको बेलस्रोतमा २ सय वेडको क्वारेन्टाईन निर्माण गरिएको नेपाली सेनाको नं. २ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमप्रसाद ढकालले जानकारी दिनुभयो । सेनाले टाँडीमा १ सय वटा टेन्ट राखेर २ सय वेडको क्वारेन्टाइन बनाएको उहाँले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण भएको जानकारी दिनुभयो । क्वारेन्टाइनमा औषधि, अन्य प्राविधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको उहाँले बताउनुभयो ।

गत फागुन २९ गते बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले टाँडीमा एक हजार र श्रीलंका टापुमा एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३