प्रकाशित : ५ चैत्र २०७६, बुधबार १५:४६

विराटनगर, ५ चैत । मोरङको धनपालथान ४ को उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अगाडी सारेको छ ।

विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गरिने भएको हो । सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपिँयादेखि १० लाख रुपिँयासम्मको कर्जा उपलब्ध गराईने अध्यक्ष सम्भुप्रसाद रौनियारले जानकारी दिनुभयो । कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौता गरिएको हो ।

कर्जा लिन चाहने महिला उद्यमीहरुले सहकारीमार्फत आफ्नो कागजात पेश गर्नेछन् । कर्जा लिनका लागि व्यवसाय दर्ता र पान नम्बरसहित आफ्नो कागजात पेश गरेपछि सहकारीले बैंकमा सिफारिस गर्नेछ । उद्यमीले एकलाखदेखि १० लाख रुपिँयासम्म कर्जा लिएर चारवर्षसम्मको अवधीमा भुक्तानी गर्नसक्ने प्रावधान राखिएको छ । यसरी भुक्तानी समय किटान गरिएको अवधी भित्रै ऋण तिर्ने उद्यमीलाई ४ प्रतिशत मात्रै ब्याजदर तोकिएको अध्यक्ष रौनियारले दावी गर्नुभयो ।

नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँच बाहिर रहेका ग्रामिण क्षेत्रका नागरिकलाई बैंकसम्म ल्याउनका लागि सहकारीसँगको सहकार्यमा कर्जा प्रवाह गर्न लागिएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका विपन्न महिलाहरु लक्षित यो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकको परिपत्रका आधारमा अगाडी सारिएको दावी गर्नुभयो ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा ६ हजार १२५ जना शेयर सदस्य रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३