प्रकाशित : ५ चैत्र २०७६, बुधबार १५:४३

विराटनगर, ५ चैत । कोरोना भाईरस (कोभिड १९) का शंखास्पद विरामीका लागि कोशी अस्पताल विराटनगरले ३ वटा आईसोलेसन वार्ड तयार गरेको छ ।

अस्पतालले शंखास्पद विरामीको उपचारका लागि ३ वटा वार्डमा ६ वटा वेड तयारी अवस्थामा राखिएको मेडिकल सुपरीटेन्डेन्ट डा. संगिता मिश्राले बताउनुभयो ।

आज अस्पतालले पत्रकार सम्मेलन गरि ६ वटा वेड तयारी अवस्थामा राखीएको र विरामीको संख्या बढ्दै गएमा ४ वटा वेड थप गर्न सकिने गरि तयार गरिएको जनाएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वेड तयार गरिएको मेसु डा.मिश्राले बताउनुभयो । अस्पतालले आज देखि प्रवेशद्धारामा तापक्रम परिक्षण पनि शुरु गरेको छ । तापक्रम बढी भएका विरामीका लागि छुट्दै फिभर क्लिनिकमा भर्ना गरिने मेडिकल सुपरीटेन्डेन्ट डा. मिश्राले जानकारी दिनुभयो ।

अस्पतालले तीन दिन अघिदेखि फिभर क्लिनिक शुरु गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘शंखास्पद विरामीको नमूना संकलनको प्रवन्ध गरिएको छ ।’ नमूना संकलनको रिपोर्ट आउन ४८ देखि ७२ घण्टा लाग्ने भएकाले त्यो अवधि सम्म अस्पतालमा नै राखिने प्रवन्ध गरिएको डा. दीपक सिग्देलले बताउनुभयो । उहाँका अनुसार विरामी ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न सक्ने छ । रिपोर्ट पोजेटिभ आएको खण्डमा भने अस्पताल ल्याईने छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिले सम्म देशभरबाट शंखास्पद १ सय ३६ जनाको परिक्षण गरेको र परिक्षण गरिएका सवैको रिपोर्ट कोरोना नेगेटिभ रहेको डा. सिग्देलले बताउनुभयो ।

कोरोनाका शंखास्पद र संक्रमित विरामीका लागि २ वटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३