प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १५:३५

विराटनगर, ५ चैत । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भोली देखि शुरु हुने एसईई परिक्षाका सवै केन्द्रहरुमा हेल्थ डेक्स सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।

विश्वव्यापी रुपमा संक्रामक रोगका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) अत्यन्तै छिटो सर्ने भएकाले सजग र सतर्क रहन आग्रह गर्दै उहाँले प्रदेश नं. १ का १ सय ३७ वटै स्थानीय तहका ३ सय ७५ वटै परिक्षा केन्द्रमा हेल्थ डेक्स सञ्चालन गरि विद्यार्थीको स्वास्थ्य परिक्षण गरि परिक्षा हलमा प्रवेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको हो ।

आज एक अपिल जारी गर्दै मन्त्री घिमिरेले परिक्षा केन्द्रमा स्वास्थ्य परिक्षण गर्न र सावुन पानीले हात धुने मिलाउन उहाँले अपिल गर्नु भएको छ । ज्वरो आएका र अन्य सरुवा रोग लागेका परीक्षार्थीलाई छुट्टै राखेर परिक्षा सञ्चालन गर्न पनि मन्त्री घिमिरेको आग्रह छ । उहाँले कोरोना भाईरस सर्नबाट बच्ने सन्देश प्रचारप्रसार गर्न सवै सरोकारवालामा अपिल पनि गर्नु भएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले पनि सवै स्थानीय तहमा हेल्थ डेक्स स्थापना र सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३