प्रकाशित : ४ चैत्र २०७६, मंगलवार ०७:००

विराटनगर, ४ चैत । बालविवाह विरुद्धका विभिन्न अभियानहरु अहिले सञ्चालनमा रहेका छन् । बालबालिका, यूवा, आमा समूह परिचालन देखि लिएर धार्मिक तथा सामाजिक अगुवाहरुलाई सहभागि गराएर बालविवाह विरुद्धको अभियान विभिन्न स्थानीयतह  हरुले गरिरहेका छन् ।
पछिल्लो समय बालविवाह विरुद्धको अभियानमा छापाखाना सञ्चालकहरुलाई पनि समावेश गरिएको छ । उनीहरुकहाँ विवाहको कार्ड छपाउन आउनेले अनिवार्य जन्ममिति दिनुपर्ने भएको छ । विवाहको कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य गरिएको छ । छापाखाना सञ्चालकले हचुवाका भरमा जन्ममिति नराखुन भनेर प्रमाणित कागजात पनि अनिवार्य गरिएको छ ।

प्रदेश नं. १ को पहिलो बालमैत्री नगर बन्ने अभियानमा रहेको सुनसरीको रामधुनी नगरपालिकाले अहिले बालविवाह विरुद्धको विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । यसैक्रममा बालअधिकार समितिको बैठकले विवाह कार्डमा जन्ममिति अनिवार्य राख्नुपर्ने निर्णय गरेको नगर उपप्रमुख सविना चौधरीले बताउनुभयो ।

जन्ममिति समावेश नगरि विवाहको कार्ड छपाएको पाईएमा छापाखानालाई पनि कारवाही गर्ने गरि नगरपालिका अघि बढेको उपप्रमुख चौधरीले बताउनुभयो । नगरपालिकाले २०७६ को चैत भित्रमा बालमैत्री नगर बनाउने लक्ष्य लिएको छ । उपप्रमुख चौधरीले भन्नुभयो,‘ लक्ष्य अनुसार केही तलमाथि हुन सक्ने अवस्था छ ।’ लक्षित अवधिमा बालमैत्री घोषणा नभएपनि प्रदेश नं. १ को पहिलो बालमैत्री नगर रामधुनी नै हुने दावी गर्नुभयो । नगरपालिकाले बालविवाह विरुद्धका विभिन्न अभियानहरु अहिले सञ्चालन गरिरहेको बताउनुभयो ।

नगरपालिकाको सम्पूर्ण ध्यान नै बालमैत्री नगरमा केन्द्रित रहेको उपपप्रमुख चौधरीले बताउनुभयो । ९ वटा वडा रहेको रामधुनीका २ वटा वडा बालमैत्री घोषित भईसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अन्य वडाहरुपनि घोषणाको अभियानमा छन ।’
बालमैत्री नगरका लागि आवस्यक ३९ वटा सूचकहरु पुरा हुँदै गएको नगरका बालमैत्री फोकल पर्सन हर्षलाल चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बालमैत्रीका लागि आवस्यक धेरै सूचक पुरा भएका छन ।’

नगरपालिकालाई बालमैत्री नगर बनाउने काममा साझा सवालका लागि साझा मञ्च (कोकन) ले पनि सहजीकरण गरिरहेको छ । नगरलाई बालमैत्री बनाउने अभियानका लागि विभिन्न कार्यक्रमहरुमा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र नगरपालिकासँगको समन्वयमा विभिन्न बाल संरक्षण संवन्धि नीति निर्माण तथा बालविवाह विरुद्धको अभियानमा सहजीकरण गरिरहेको कोकनका दयालसिंह चौधरीले बताउनुभयो ।

बालविवाह विरुद्धको अभियानमा रामधुनी नगरपालिकाले विवाहको कार्डमा अनिवार्य जन्ममिति राख्नुपर्ने निर्णय राम्रो भएको सामाजिक अभियान्ता रमेश भट्टराईले बताउनुभयो । नगरपालिकाले यसका साथै बालविवाह विरुद्धका अघि सारेका सम्पूर्ण अभियानहरुलाई कडाईका साथ कार्यन्वयन गर्दै जानुपर्ने बताउनुभयो ।

सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । कानुनी रुपमा नेपालमा केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पारि तोकिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३