प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १८:२९

विराटनगर, फागुन ३० । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्शनलाई पराजित गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा निहारिका कलेजले हिमालय दर्शन कलेजलाई ३–० गोलअन्तरमा पराजित गरेको छ । निहारिकाका लागि खेलको २१ औं मिनेटमा शिशिर लेखीले गोल गरे भने ६१ औं मिनेटमा पुनः लेखीले टोलीका लागि थप गोल गरेका थिए । खेलको अतिरिक्त समयमा सनम धिमालले गोल गरे ।

खेलको म्यान अफ द म्याच निहारिकाका शिशिर लेखी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे । त्यसैगरी दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई २–० गोलमा पराजित गरेको छ । खेलको १८ औं मिनेटमा ग्रिनल्याण्डका लागि संजय धिमाल र २८ औं मिनेटमा सागर राईले गोल गर्दै टिमलाई विजयी बनाए ।

खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका मनिष थापा भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ग्रिनल्याण्ड, निहारिका, रेडस्टार, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, जनप्रिय माध्यमिक विद्यालय र महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । भोलीको पहिलो खेल दुहबीको महेन्द्र मेमोरियल एकेडेमी र विराटनगरको कोसी मल्टिपल कलेज तथा दोस्रो खेल रंगेलीको जनप्रिय मावि र विराटनगरको कान्तिपुर कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३