प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार १७:००

विराटनगर, ३० फागुन । उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने विराटनगरका ५ वटा फर्मलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा ५ वटा उद्योगलाई कारवाही गरिएको जनाएको छ ।

कारवाहीमा पर्ने फर्महरुमा वंशल भेराइटी, पाल भेराईटी, न्यू निलकण्ड वाच, न्य श्याम इम्पेक्स र नेशनल सर्जिकेम सप्लायर्स रहेको कार्यालयका निमित्त प्रमुख हिमालय वरालले जानकारी दिनुभयो । मार्च १५ अर्थात चैत २ गते मनाईने विश्व उपभोक्ता अधिकार दिवसबारे आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख वरालले उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत कार्य गर्ने विराटनगरका पाँच फर्मलाई कारवाही गरी ५ हजार देखि २० हजार रुपैयमाँ सम्म जरिवाना गरिएको बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले हाल सम्म ३३ हजार ६० प्र्राइभेट फर्म दर्ता गरेको जनाएको छ । कार्यालयले ९ सय ८० साझेदारी र ४२ वटा कम्पनी पनि दर्ता गरेका जनाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७६/७७ को माघ मसान्त सम्ममा ६ सय २१ प्राईभेट, ४२ साझेदारी र ३० वटा कम्पनी फर्म दर्ता गरी ५६ लाख पाँच हजार ६ सय ५० राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा मोरङ जिल्लामा रहेको १ सय ८२ फर्महरुको अनुगमन गरेको जनाएको छ ।

माघ मसान्तसम्मका ६८ फर्मको अनुगमन गरिएको प्रमुख बरालले बताउनुभयो । दिवसका अवसरमा उद्योगी , व्यापारी तथा उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ का विषयमा सचेतना कार्यक्रमको आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कार्यालयले उपभोक्ता संरक्षण ऐन तथा बजार अनुगमन सम्वन्धि विषयहरुमा गत आर्थिक वर्ष विराटनगर, लेटाङ, केरावारी, उर्लावारी तथा चालु वर्षमा बेलवारी, विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३