प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १८:२७

विराटनगर, २८ फागुन । शैक्षिक शत्र २०७६ को बार्षिक परीक्षा दुई साता अघि शुरु भएपछि विद्यार्थीलाई परीक्षा तयारीमा समस्या भएको छ । विद्यार्थीमा परीक्षाको तयारीसँगै त्रास पनि उत्तिकै छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण र सन्त्रास बढ्दै गएकोले शैक्षिक शत्र २०७६ को परीक्षा चैत्र ५ गते भित्र सम्पन्न गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने अनुसार निजि तथा सामुदायिक विद्यालयले १५ दिन अगावै परीक्षा शुरु गरेका छन् ।

विराटनगरमा आजदेखि पालिका स्तरीय आधारभुत तह उतिर्ण परीक्षा शुरु भएको छ । अन्य स्थानीय तहले पनि परिक्षा शुरु गरेका छन् । आगामी चैत्र ५ गते भित्रमा परीक्षा सक्ने गरि स्थानीय तहले योजना बनाएर परीक्षा शुरु गरेको शिक्षा विकास तथा समन्वय इकाई मोरंगका अधिकृत शालिग्राम दाहालले बताउनुभयो ।

बार्षिक परीक्षाको तालिका भन्दा १५ दिन अगावै परीक्षा शुरु भएपछि विद्यार्थीमा प्रेसर बढेको प्याव्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताउनुभयो । विद्यार्थीले तयारी राम्रो गर्न नपाएको र मानसिक त्रासका वीचमा परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो । विद्यालयले परीक्षा लिने निर्धारित समय भन्दा १५ दिन अगावै परीक्षा सञ्चालन गर्न लगाएर सरकारले आतंक सिर्जना गरेको अभिभावक संघ नेपाल प्रदेश १ का प्रमुख तथा विराटनगर संयोजक देवी पन्थीले बताउनुभयो ।

विद्यालयले कोर्ष पुरा नगरी परिक्षा शुरु गरेको उहाँले बताउनुभयो । अहिलेनै आतंकित हुनुपर्ने अवस्था नभई परिक्षा शुरु भएको उहाँले गुनासो गर्नुभयो । कतिपय सामाजिक सञ्जालमा आउने विभिन्न तर्साउने खालका समाचारका कारण पनि विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको मनोसामाजिक परामर्शकर्ता अर्चना रिमालले बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्यालयमा पढाई पुरा भएको छैन, कोरोना भाईरसको त्रास पनि छ ।’ डर लाग्दो अवस्थाकावीचमा विद्यार्थी परिक्षामा सामेल हुनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो । विद्यार्थीलाई त्रास हुन नदिनका लागि विभिन्न सावधानीहरु अपनाउन सिकाउनुपर्ने उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिकाले सञ्चालन गर्ने पालिका स्तरीय आधारभुत तह उतिर्ण परीक्षामा संस्थागत तर्फबाट ८५ वटा विद्यालयका २ हजार ९ सय ७ जना, सामुदायिक तर्फबाट ३६ वटा र मदरसा तर्फबाट २ विद्यालयबाट १ हजार ८ सय २७ गरि ४ हजार ७ सय ३४ परीक्षार्थी सहभागी भएको नगर शिक्षा शाखा विराटनगरले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३