प्रकाशित : २७ फाल्गुन २०७६, मंगलवार १७:२४

विराटनगर, २७ फागुन । कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको हो । डेक्सको सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

हेल्थ डेस्कमा महानगरपालिकाका ४ र स्वास्थ्य कार्यालयका २ गरी ६ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । ३/३ जनाको दुई टोली बनाएर विराटनगर विमानस्थलमा ओर्लने यात्रुको स्वास्थ्य जाँचका लागि खटाइएको प्रदेश नं. १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।

हवाईजहाजबाट ओर्लेका यात्रुहरुलाई साबुन पानीले हात धुने व्यवस्था पनि विमानस्थलमा मिलाईएको छ । हात धोएपछि स्वास्थ्यकर्मीले उनीहरुको शरीरको तापक्रम जाँच्ने व्यवस्था मिलाइएको उहाले बताउनु भयो । तोकिएको तापक्रम भन्दा बढी शरीरको तापक्रम भएका यात्रुहरुलाई फाराम भर्न लगाएर निगरानीमा राख्ने व्यवस्था गरिएको निर्देशक मेहताले बताउनुभयो ।

प्रदेश १ ले भद्रपुर विमानस्थलमा पनि हेल्थ डेस्क स्थापन गरेर यात्रुहरुको स्वास्थ्य जाँच गरिरहेको छ ।

प्रदेश सरकारले सिमावर्ती नाका विराटनगरको रानी, झापाको भद्रपुर र काँकडभिट्टा तथा इलामको पशुपतिनगरमा समेत हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]m

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३