प्रकाशित : २५ फाल्गुन २०७६, आईतवार १९:०९

विराटनगर, २५ फागुन । नेप्लीज सोसाईटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)को अध्यक्षमा प्रा.डा. लोचना श्रेष्ठ निर्वाचित हुनु भएको छ । नेपाली सेना स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका प्रा.डा. अभिनभ बैद्य, उपाध्यक्षमा त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक डा. प्रनिलमान सिंह प्रधान, सचिबमा डा. दिपेश ताम्राकार (काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस), सहसचिवमा सहप्राध्यापक डा. सूर्य पराजुली (विराट मेडिकल कलेज शिक्षण अस्पताल) र कोषाध्यक्षमा डा. आभा श्रेष्ठ (काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस) निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा डा. दिपक यादव (वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान), डा. प्रज्ज्वल प्याकुरेल (वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान), डा. पुष्पान्जली अधिकारी (काठमाडौँ विश्वबिद्यालय स्कुल अफ मेडिकल साइन्सेस), डा. गम्भीर श्रेष्ठ (वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल), डा. मोना शर्मा (नेपाल सी आर एस कम्पनी), डा. निश्चल ढकाल (नेपाल मेडिकल कलेज शिक्षण अस्पताल) र डा. लिला पौडेल (नेपाली सेना स्वास्थ्य बिज्ञान प्रतिष्ठान) रहनु भएको छ ।

नेप्लीज सोसाईटी कम्युनिटी मेडिसिनमा (एमडी) गरेका बिशेषज्ञ चिकित्सकहरुको संस्था हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३