प्रकाशित : २५ फाल्गुन २०७६, आईतवार ०६:३९

विराटनगर, २५ फागुन । विराटनगर ४ को खार्जी गोपी टोल विकास संस्थाको अध्यक्षमा सीता शर्मा निर्वाचित हुनु भएको छ ।

संस्थाको शनिबार सम्पन्न १२ बार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा मुरारी धिताल, सचिवमा जानुका रेग्मी, सहसचिवमा मणि आचार्य र कोषाध्यक्षमा विन्दु श्रेष्ठ निर्वाचित हुनु भएको  छ ।
संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेशकुमार मास्केको प्रमुख आतिथ्यमा भएको साधारणसभामा ७० वर्ष माथिका ७ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

साधारणसभामा टोल विकास संस्थाले गरेको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३