प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार १७:३४

विराटनगर, २४ फागुन । विराटनगर महानगरपालिकाका दलित महिला जनप्रतिनिधिका लागि आजदेखि तीन दिने उद्घोषण तथा नेतृत्व विकास संवन्धिको तालिम शुरु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं. १ को आयोजनामा शुरु भएको तालिममा १९ वटै वडाका दलित महिला जनप्रतिनिधिको सहभागिता रहेको छ । दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण र नेतृत्व विकास संवन्धिको तालिम आयोजना गरिएको वडाध्यक्ष उद्धव अर्यालले बताउनुभयो ।

तालिमको शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले जनप्रतिनिधिहरुले आत्मविश्वासका साथ कुरा राख्न सक्नु पर्ने बताउनुभयो । आत्मविश्वासका साथ कुरा राख्न सकिएन भने पछि परिने बताउनुभयो । तालिमबाट महिला जनप्रतिनिधिको क्षमता विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल दलित संघ मोरंग जिल्ला अध्यक्ष रामकुमार विश्वकर्मा, नेपाल महिला संघ मोरंगकी सचिव प्रमिला थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३