प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार १८:३०

विराटनगर, २१ फागुन । ६३ औं राष्ट्रिय सहकारी दिवसको मूल समारोह मोरङ्गको पथरीशनिश्चरेमा हुने भएको छ । जिल्ला सहकारी संघ लि. मोरङ्गको आयोजनामा बेलवारीमा सम्पन्न विस्तारित भेलाले सो निर्णय गरेको हो ।

भेलाले जिल्ला सहकारी संघ लि. मोरङ्गका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा सबै बिषयगत सहकारी संघका पदाधिकारी एवम् संचालकहरु, सबै पालिकाका संयोजक एव सदस्यहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् संचालकहरु, राष्ट्रिय सहकारी बैंक र अग्रज सहकारीकर्मीहरु समेत रहेको २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसैगरी कामलाई थप ब्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा सबै बिषयगत संघका अध्यक्ष, सहकारी कर्मचारी संगठनका अध्यक्ष, जिल्ला सहकारी संघका संचालक युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकास कोइराला, उपाध्यक्ष वीना राई, सचिव एकराज निरैला समेत रहेको ब्यवस्थापन समिति निर्माण गरेको छ भने समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि. मोरङ्गका सचिव विरेन्द्र यादवलाई तय गरेको छ ।

सहकारीका केन्द्रिय निकायमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुको सल्लाहकार समिति समेत गठन गरिएको छ । भेलाले सप्ताहब्यापि रुपमा बिभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघसंस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, वेलवारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा बृहत मोटरसाईकल र्याली गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी चैत्र १५ गते विराटनगरको सिंघिया खोला सरसफाई कार्यक्रम समेत गर्ने निर्णय गरिएको कुरा संयोजक डिल्ली पोखरेलले जानकारी गराउनु भयो ।

नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक बर्ष चैत्र २० गते देशभरी सहकारी दिवस मनाउने गरिएको छ ।

मोरङ्गमा रहेका करिव ११ सय सहकारी संघ/संस्थाका सदस्यहरुको सहभागितामा हरेक बर्ष सहकारी दिवस मनाउदै आईरहेको छ । यस बर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो ब्याक्ति बखानसिंह गुरुङ्गको अर्धकदको मूर्ति पनि पथरीशनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३