प्रकाशित : १५ फाल्गुन २०७६, बिहीबार १९:०३

विराटनगर, १५ माघ । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङका संयोजक सुदीप कोइरालाले बताउनुभयो । पुरस्कारका राशी नगद १० हजार १ सय ११ रुपैयाँ रहेको छ ।

प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसरपारि सो पुरस्कार प्रदान गरिने भएको छ । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो ।

सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भईसक्नु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३