प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार १७:४७

विराटनगर ११ फागुन । ब्लड क्यान्सर पीडित विराटनगरका पत्रकार कमल पौडेललाई स्पार्क हेल्थ होम अस्पताल विराटनगरले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालले आफनो २८ औं वार्षिकोत्सवको कार्यक्रम गर्न लाग्ने खर्च बराबरको रकम पत्रकार पौडेललाई सहयोग गरेको हो । अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने गरेकोमा यसपटक त्यो सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरिएको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताउनुभयो ।

प्रवन्ध निर्देशक रिजालले स्वास्थ्य समस्या जोकोहीलाई पनि आउन सक्ने भन्दै स्पार्क अस्पताललाई शुरुका दिनदेखि सहयोग गर्दै आउनुभएका पौडेललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सो रकम कमल पौडेलका छोरा अभिन्न पौडेललाई हस्तान्तरण गरिएको थियो ।

लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत थिए । उहाँ हाल सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले पत्रकारका लागि स्पार्क अस्पतालले जुन सहयोग गरेको छ यो पत्रकारका लागि निकै खुशीको कुरा भएको बताउनुभयो ।

अस्पतालका निर्देशक रुपेश अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आफनो अस्पतालले पत्रकार पौडेललाई सहयोग गरेको भन्दै अन्य संस्थाले पनि उहाँको सहयोगमा हात अघि बढाएमा उहाँलाई बचाउन सकिने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३