प्रकाशित : ११ फाल्गुन २०७६, आईतवार १७:३७

विराटनगर ११ फागुन । प्रदेश १ मा मोटरसाईकल दुर्घटना बढ्दो छ । अन्य सवारीको तुलनामा बढी दुर्घटनामा पर्ने र मानविय एवं भौतिक क्षति धेरै हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थानमा रहेको पाइएको छ ।

बढी ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलबाटै हुने गरेको छ । प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय ४३ वटा सवारी साधन परेका छन् । दुर्घटनामा दुई सय २२ जनाको मृत्यु भएको छ । जसमा पाँच सय ६३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

यो समग्र दुर्घटनाको ४५ प्रतिशत हो । आर्थिक वर्षको हालसम्म भएका मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । कार, जीप लगायतका एक सय ७५ वटा निजी सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । एक सय १४ वटा सार्वजनिक यात्रुबहाक बस दुर्घटनामा ३२ र एक सय छ वटा ट्रक, ट्यांकर र टिपर दुर्घटनामा २५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नियमको पालना नगरिकन लापरबाहीपूर्ण तरिकाले चलाइने गरेका कारण मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको बताउँछन् । मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेल्मेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जना भन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लंघन गरेर मोटरसाइकल चलाउने गरिएको उनको भनाइ छ ।

दुई जनाभन्दा बढी चढ्दा, तीव्र गतिमा र मापसे गरेर चलाउँदा सन्तुलन विग्रिएर धेरै दुर्घटना हुने ट्राफिक प्रहरीले जनाएको छ । एसपी दाहालले नियम मिच्ने क्रममा मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट र त्यसको क्लिप नलगाउने, तीव्र गतिमा कुदाएर एकले अर्को सवारीलाई ओभरटेक गर्ने, गलत साइड प्रयोग गर्ने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना गाडी चलाउने, लेन अनुसाशन र ट्राफिक संकेतहरुको पालना नगर्ने आदि कारणले दुर्घटना धेरै भइरहेको बताउनुभयो ।

सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाय, जथाभावी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्रयाक, सवारी साधनको अत्याधिक चाप, ट्राफिक संकेत र सूचनाहरु पर्याप्त नहुनु दुर्घटनाका अन्य कारण रहेको ट्राफिकको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३