प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १७:२९

विराटनगर ११ फागुन । युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१०का ३६ वर्षीय सूर्य विश्वकर्मा पक्राउ परेका छन् ।

घटना भएको १४ वर्षपछि उनलाई सुनसरीको धरान उपमहानगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । घटनापछि फरार रहेका उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो ।

घटनाअनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए । घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए । उनीहरु विरुद्ध पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते जनही १० वर्ष कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

तर त्यस अघि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले भने सफाई दिएको थियो । जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरुद्ध कैद र जरिवानाको फैसला गरे पनि उनीहरु पक्राउ भने परेका थिएनन् । विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र नेपाली फरार रहेका कारण उनीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताउनुभयो ।

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आज जिल्ला अदालत मोरङमा बुझाएको छ । विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३