प्रकाशित : १० फाल्गुन २०७६, शनिबार १८:३९

विराटनगर, १० फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले व्यापार प्रर्वद्धनका लागि आयोजना गरिने महोत्सव स्थलका लागि संघिय सरकार सकारात्मक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘स्थायी रुपमा प्रर्दशनी स्थल निर्माणका लागि हामी सकारात्मक छौं ।’

विराटनगरमा आज सम्पन्न ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ समापन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । विराटनगर महानगरपालिकाबाट सम्पूर्ण प्रक्रिया पुरा गरेर संघिय सरकार समक्ष आउन उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । स्थायी प्रकृतिको प्रदर्शनी स्थलको आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदर्शनी स्थलका लागि जमिनको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आवस्यक जमिन पर्याप्त छ , इच्छाशक्ति आवस्यक छ ।’

महानगरपालिका भित्र निष्कृय जमिन प्रसस्त रहेको प्रमुख पराजुलीले बताउनुभयो । सुनसरी औद्योगिक करिडोर भित्र साढे ३ सय विगाहा जमिन निस्कृय रहेको उहाँले बताउनुभयो । मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले प्रर्दशनी स्थलको अभाव रहेको बताउनुभयो ।

प्रदेशको राजधानी विराटनगरमा प्रदर्शनी स्थल नहुँदा हरेक वर्ष आयोजना गरिने व्यापार महोत्सव जमिन भाडामा लिएर आयोजना गर्नुपरेको गुनासो गर्नुभयो । सरकारले प्रर्दशनी स्थल निर्माण गरे निजि क्षेत्र सञ्चालन गर्न तयार रहेको बताउनुभयो । उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विराट एक्स्पो ऐतिहासिक भएको बताउनुभयो ।

विगत वर्षको तुलनामा व्यवस्थित भएको उहाँको भनाई छ । एक्स्पो आयोजक मूल समितिका संयोजक भोला दुलालले विराट एक्स्पोमा १ अर्वको कारोवार भएको बताउनुभयो ।

गत फागुन २ गते देखि शुरु भएको एक्स्पोमा सो बरावरको कारोवार भएको उहाँले बताउनुभयो । महोत्सवको साढे ३ लाख बढीले अवलोकन गरेको संयोजक दुलालले बताउनुभयो । ३ सय ४० वटा स्टल रहेको प्रदर्शनीमा नेपालको स्वदेशी उत्पादनसँगै भारत, पाकिस्तान, भुटान, बंगलादेशलगायतका उत्पादन प्रदर्शनीमा राखिएको थियो ।

महोत्सवमा कृषि तर्फ शिव वावा अचार उद्योग र औद्योगिक तर्फ बागमति प्लाष्टिक इण्डष्ट्रिज उत्कृष्ट भएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३