प्रकाशित : १० फाल्गुन २०७६, शनिबार १८:३५


विराटनगर, १० फागुन । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स स्कूलले पाँचौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
स्कूलकोे प्राङगणमा आज शनिबार विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो । कार्यक्रममा स्कूमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुढीगंगा गाउँपालिका उपप्रमुख अमृताकुमारी गच्छदार, अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला, सिटि कलेजका प्रमुख तिर्थ घिमिरे, स्कूलका सञ्चालक जनक ढकाललगायतले बोल्नु भएको थियो ।
सम्बन्धित शीर्षकहरु