प्रकाशित : १० फाल्गुन २०७६, शनिबार १८:३३


विराटनगर, १० फागुन । विराटनगरमा रविन नगरकोटीको अध्यक्षतामा पुष्पलाल स्मृति स्पोर्टस क्लव गठन गरिएको छ । पुर्वाञ्चल खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष नगरकोटीको अध्यक्षतामा ३४ सदस्यीय कमिटी गठन गरिएको हो ।
क्लवको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहनु भएको छ । खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि क्लवको गठन गरिएको नवनिर्वाचित उपाध्यक्ष प्रसाईले बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य तथा मोरंग सहइन्चार्ज महेश रेग्मीको उपस्थितिमा क्लवको गठन गरिएको हो ।
सम्बन्धित शीर्षकहरु