प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १३:३६

विराटनगर, ८ फागुन । प्रदेश १ मा एकवर्षमा ८ सय ५५ जना पीडित भएका छन् । गत वर्षको तुलनामा ६८ जना बढी पीडित भएका छन् । सन् २०१८ मा ७ सय ८७ जना पीडित भएका थिए । सन्२०१७ मा ६ सय ९४ जना पीडित भएको तथ्यांकले देखाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम मा बुधबार विराटनगरमा सार्वजनिक गरेको तथ्यांकले प्रदेशमा वर्षेनी मानव अधिकार उल्लंङनका घटना बढेको देखाउँछ । २०१९ मा मानवअधिकार उल्लंघनका घटनाबाट ८ सय ५५ जना पीडित भएका छन् । यी मध्ये ३ सय ३५ महिला, ३ सय १ जना बालबालिका पीडित भएका छन् ।

२०१८ मा ७ सय ८७ र २०१७ मा ६ सय ९४ जना पीडित भएका थिए । देशभरमा गएको वर्ष ६ हजार ५ सय ४२ जना पीडित भएका थिए ।

इन्सेकका प्रदेश संयोजक सोमराज थापाका अनुसार, राज्य पक्षबाट हुने मानव अधिकार उल्लंघनका घटनापनि अघिल्लो वर्षको तुलनामा बढेको छ । २०१९ मा गिरफ्तारका घटनामा ८३, हत्याका घटनामा ७७ जना पीडित भएका छन् ।

छलफल कार्यक्रममा प्रदेशसभासदस्य अम्विका थापाले महिला र बालबालिका बढी पीडित हुने गरेको बताउनुभयो । उहाँले अन्यको तुलनामा महिला र बालबालिकाहरु पीडित भएको तथ्याङ्क प्रदेश १ मा पनि देखिएको बताउनुभयो । गैसस महासंघ केन्द्रिय सचिव उमेश विश्वकर्माले इन्सेकले गर्ने अभिलेखीकरणले मानव अधिकारको अवस्था दर्शाउने बताउनुभयो । वर्ष पुस्तक धेरै प्रभावकारी पनि भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का प्रमुख मोहनदेव जोशीले राज्यपक्षबाट मानवअधिकार उल्लङनका घटनाहरु कम हुँदै गएको बताउनुभयो । आगामी दिनमा मानव अधिकार वर्ष पुस्तकमा नविनतम चुनौतिहरुलाई पनि समावेश गर्न आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रिय सदस्य मञ्जिता उपाध्यायले मानव अधिकार वर्ष पुस्तकमा ७७ वटै जिल्लाका घटनाहरु समावेश हुने भएकोले अभिलेखीकरण पनि आधिकारिक हुने गरेको बताउनुभयो ।

महिला र बालअधिकार उल्लङनका घटनाहरु प्रदेश १ मा बढेको उहाँले बताउनुभयो । मानव अधिकार सञ्जाल विराटनगरमा संयोजक डिग घिमिरेले मानव अधिकार वर्ष पुस्तक वर्तमान भन्दा पनि भविष्यका लागि महत्वपूर्ण अभिलेख भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश लम्सालले वर्ष पुस्तकले सामाजिक विभेदका घटनाहरुमा पनि चासो दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ठ जिल्ला प्रतिनिधि उदयपुरका भरत खड्कालाई नगद ७ हजार सहित पुरस्कृत गरिएको छ । उहाँलाई  प्रदेशसभा सदस्य अम्विका थापाले पुरस्कृत गर्नुभएको थियो ।

मानव अधिकार वर्ष पुस्तकको अभिलेख तथा प्रलेखनमा प्रदेश १ बाट उत्कृष्ट कार्य गरिएकोमा जिल्ला प्रतिनिधि खड्कालाई पुरस्कृत गरिएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३