प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १८:२७

विराटनगर, ७ फागुन । मोरङका पत्रकार एंव मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारका लागी आर्थीक सहयोग जुटाउन पत्रकार कमल पौडेल उपचारकोष स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखामा वसेको विराटनगरका पत्रकारहरुको वैठकले सो निर्णय गरेको हो ।

पत्रकार पौडेलको उपचार सहयोगका लागी नेपाल पत्रकार महासंघ प्रदेश न १ तथा पत्रकार महासंघ मोरङको समन्वयमा कोष स्थापना गरिएको हो ।

पत्रकार महासंघ प्रदेश न १ र पत्रकार महासंघ मोरङ शाखाले पत्रकार पौडेलको उपचारका लागी सहयोग जुटाउन विराटनगर स्थित प्राइम वैंकमा सयुक्त रुपमा खाता समेत खोलेको जनाएको छ । त्यसैगरि पत्रकार पौडेलको उपचारकालागी नेपाल पत्रकार महासंघ केन्द्रमा तथा संघिय र प्रदेश सरकार तथा सम्पुर्ण पत्रकारहरुलाई सहयोग गर्न आग्रहगर्ने निर्णय भएको पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेलले वताउनुभयो ।

पत्रकार पौडेलको सहयोग लागी प्रदेशका १४ वटै जिल्लामा रहेका पत्रकार महासंघ तथा विभिन्न पत्रपत्रिकाका तथा संचार माध्यम अन्तर्गतका कार्यालयहरुलाई सहयोगगर्न आग्रह गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ प्रदेश न १ का अध्यक्ष विक्रम लुइटेलले वताउनुभयो । अध्यक्ष लुइटेलले प्रदेशका सवै पत्रकारहरुलाई समेत सहयोगका लागी आव्हान गरिएको वताउनुभयो ।

पत्रकार पौडेल व्लडक्यान्सरवाट पिडित भएपछि उहाको अहिले काठमाण्डौमा उपचार भइरहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३