प्रकाशित : ६ फाल्गुन २०७६, मंगलवार १४:२९

विराटनगर, ६ फागुन । मोरङका क्रसर उद्योगले खोलामा अबैध उत्खनन् जारी राखेको पाइएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनमा खोलामा खाडी खनेर उत्खनन् गरिएको पाइएको हो ।

उर्लाबारीस्थित पुर्वेली क्रसर उद्योगमा सोमबार गरिएको अनुगमनका क्रममा बक्राहा खोलामा एक्साभेटरले पोखरी आकारमा खनेर गिटी, बालुका निकालेको पाइएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले क्रसर उद्योगलाई तत्कालै खोलाबाट एक्साभेटर निकाल्न आदेश दिनु भएको छ ।

गत ११ माघदेखि मसान्तसम्मका लागि नगरपालिकाले खोलामा मेसिन लगाएर उत्खनन गर्न दिएको पत्रका आधारमा ४ फागुनसम्म खनेको पाइएको भण्डारीले बताए । क्रसर उद्योगका संचालकले नयां अनुमतिपत्र देखाउंन नसकेपछि भण्डारीले इजाजतका सम्पुर्ण काजगपत्र लिएर उपस्थित हुंन निर्देशन दिनुभयो ।

क्रसर उद्योगहरुमा अबैध उत्खनन्का गुनासो नियमित आउंने गरेको उनको भनाई छ । “खोलाको दुई तर्फ उत्खनन् गर्दा बीचमा पानी बग्ने ठाउं खोल्नु पर्छ” उहाँले भन्नुभयो–“त्यसो नगरी खोलाको बीच भागमा खनेर पोखरी जस्तो बनाइएको छ, पानी बग्ने बाटो छैन ।” मोरङका क्रसर उद्योगले अबैध उत्खनन् जारी राखेको गुनासो आएपछि अनुगमन गर्न थालिएको उहाँले बताउनुभयो । पुर्वेली क्रसरका संचालक गोविन्द भट्टराईले भनें फागुन महिनाको इजाजत पत्र भएपनि क्रसरमा पत्र फेला नपरेकाले खोलाबाट मेसिन निकालिएको बताउनुभयो ।

भण्डारीसहित गएका मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीलगायतलाई अनुगमनका क्रममा भट्टराईले पत्र नयां इजाजत पत्र देखाउंन सकेका थिएनन् । नगरपालिकाको इजाजत पत्र आएकाले पुनः खोलामा एक्साभेटर हालेर खन्न थालिएको उहाँले बताउनुभयो ।

यसैबीच लेटाङ नगरपालिका ५ मोरङ्गे खोलाबाट अबैध उत्खनन् गरेर ढुङ्गा निकासी गर्ने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार खोलामा अबैध उत्खनन् गर्दै गरेको पाइएपछि को २ त ९५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३