प्रकाशित : ३ फाल्गुन २०७६, शनिबार १७:४८

विराटनगर, ३ फागुन । गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आज विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न नेताहरूलाई सुझाव दिएका हुन् ।

कार्यक्रममा प्राध्यापक बलराम पौडेलले कांग्रेसमा नेतै पिच्छे गुट खडा गरेर कार्यकर्ता भागवण्डा गर्ने प्रबृत्तिले पार्टी कमजोर हुँदै गएको बताउनुभयो । परम्परागत र कर्मकाण्डी प्रबृत्तिले पार्टी चलाएर नहुने भन्दै दीर्घकालिन योजनाका साथ अघिबढ्न उहाँको सुझाव दिनुभयो ।

कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, प्राध्यापक शैलेन्द्र शिवाकोटीलगायतले पार्टीभित्रै पनि एउटा नेतालाई अर्को नेताले चुनाव जित्ला भन्ने डर हुनु दःुखद भएको बताउनुभयो ।

कांग्रेसमा पद लिन लुछाचुडी गर्ने तर, पद पाएपछि जिम्मेवारी बहन नगर्ने प्रबृत्तिको अन्त्य गर्न पनि सहभागिहरूले सुझाव दिएका छन् । विभिन्न क्षेत्रका सुभेच्छुकहरूले दिएको सुझावका आधारमा भावी नीति तय गरेर अघि बढ्न कार्यक्रम आयोजना गरिएको नेपाली कांग्र्रेस मोरङका सचिव नागेश कोइरालाले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुलगायत प्राध्यापक, कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञसहित ३० जना सहभागी थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३