प्रकाशित : ३ फाल्गुन २०७६, शनिबार १७:४५

विराटनगर, ३ फागुन । विराटनगरस्थित कोशी राजमार्गमा आज बिहान भएको ट्रिपर दुर्घटनामा २ जनाको मृत्यू हुनुकासाथै एकजना गम्भीर घाईते भएका छन ।

बुढीगंगा गाँउपालिकाको वडानम्बर १ तथा विराटनगर प्रवेशद्वार नजिकैको कोशी राजमार्गमा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईलमा सवार २ जनाको मृत्यू हुनुका साथै एकजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक सिराहाका २० बर्षिय हरेराम साह र सिरहाकै लहानका २१ बर्षिय मोहम्मद ओजिर रहेको जनाइएको छ । यसैगरि सोहि मोटरसाईलमा सवार अर्का सप्तरी रुपनीका १९ बर्षिय धनराज यादव गम्भीर घाईते भएका छन । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाईकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेट नजिकैको सडकमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते दुईलाई कोशी अस्पताल ल्याउदा ल्याउदै बाटोमा मृत्यू भएको प्रहरीले जनाएको छ । टिपर चालक ग्रामथान गाँउपालिका ७ का ३५ बर्षिय शशिकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरु गोल्डेन पार्क कलेज विराटनगरमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३