प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १७:४३

विराटनगर, ३ फागुन । प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको वताउनु भएको छ ।

हरेक योजना र भावी कार्यक्रममा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अपनाउन उहाँले आग्रह गर्नुभयो। आज प्रदेश १ सरकार गठन भएको दुईबर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारद्वारा सम्पादित शान्ति सुरक्षा, शिक्षामा सूचना लगायत विकास निर्माणका हरेक पक्षमा पारदर्शी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख कार्यमा प्रतिबद्ध रही संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्ध प्रदेश निर्माण गर्ने कार्यमा प्रदेश सरकार लागिपर्नेमा आफु विस्वस्त रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सिमित साधन श्रोतका वावुजुदपनि प्रदेश सरकारको दुईवर्षे कार्यकाल उल्लेखनीय र परिणाममुखी भएको वताउनुभयो । उहाँले शुन्यवाट काम शुरु गरेको प्रदेश सरकारले कानुन निर्माण देखी जनताको न्युुनतम आकांक्षा पुरागर्दै विकास निमार्णको कामलाई समेत गति दिन सफल भएको वताउनु भयो । प्रादेशिक संरचना व्यवस्थितगर्दै प्रदेश न १ मा स्वदेशी तथा विदेश लगानी भित्राउन प्रदेश सरकार सफल भएको र आगामी वैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन आयोजनगर्न लागेको उहाले वताउनुभयो ।

प्रदेश सरकारले २७ किलोमिटर कालोपत्रे, १ सय २९ किलोमिटर ग्रवेल, १० वटा ठूलाठूला मोटरेवल पुल, १५ वटा झुलुंगेपुल तथा १ सय १० वटा खानेपानी योजना प्रदेशमा सम्पन्न गर्नुुका साथै जनता आवास कार्यक्रम अन्र्तगत १ सय ७१ वटा पक्कि घरहरु समेत निर्माण गरेको उहाँले वताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३