प्रकाशित : २ फाल्गुन २०७६, शुक्रबार १८:३९


विराटनगर, २ फागुन । प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई पोखरामा अभिनन्दन गरिएको छ । स्थानीय हिमालय क्लवको आयोजनामा प्रदेश प्रमुख अधिकारीलाई अभिनन्दन गरेको हो ।
हिमालय क्लबका पूर्वसल्लाहकार समेत रहनु भएका अधिकारीलाई प्रदेश प्रमुख भएकोमा अभिनन्दन गरिएको क्लवका अध्यक्ष मोहनबहादुर थापाले बताउनुभयो । उहाँले प्रदेश प्रमुख अधिकारी क्लवको अभिभावक पनि भएको बताउनुभयो ।
प्रदेश प्रमुख पोखरा आएको समयमा बधाई ज्ञापन गर्दै अभिनन्दन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु