प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ०६:२९

विराटनगर, २ फागुन । विराटनगरमा आजदेखि विराट एक्स्पो (अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) शुरु हुँदैछ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ ।

एक्स्पोको आज दिउँसो अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्दै हुनुहुन्छ । एक्स्पोको स्टल निर्माण, सडक कालोपत्रेलगायतका काम पूरा भएको एक्स्पो मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताउनुभयो ।

नाफा कमाउने उद्देश्यले मेला आयोजना गरिएको होइन, उत्पादन र उपभोक्ताको प्रत्यक्ष भेटघाटको अवसर मिलाएका हौं, दुलालले भन्नुभयोे ।

व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ ।

नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने अनुमान छ ।

एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तर्राष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन् ।

यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३