प्रकाशित : २९ माघ २०७६, बुधबार १८:५४

विराटनगर, २९ फागुन । आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी लगभग पुरा भएको छ ।

विराटनगर २ स्थित शंकरपुर मार्गमा आयोजना हुने सो एक्स्पो तयारी लगभग पुरा भएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा आज पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्नुको साथै उत्पादित वस्तुलाई उपभोक्ता संग जोड्ने गरी आयोजना गर्न लागिएको एक्स्पोको तयारी पुरा भएको बताउनुभयो । उद्योग संगठन मोरङको आयोजनामा प्रदर्शनी फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

‘आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ मूल नाराका साथ सञ्चालन हुने एक्स्पोको मुख्य प्रायोजकमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि रहेको छ । एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विराट एक्सपोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो ।

सम्भावित बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकहरूबीच स्वस्थ प्रतिस्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै शिक्षा, स्वास्थ्य क्षेत्रको गतिविधिबारे जानकारी दिने आयोजकले जनाएको छ ।

औद्योगिक उत्पादन तथा वस्तुहरू, कृषि, जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, अटोमोबाइल्स तथा पार्टस, विद्युतीय, घरायसी सामग्रीहरू, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३ सय ४० वटा स्टल रहने उहाँले बताउनुभयो । १ अर्बको कारोबार हुने हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय उद्योग/व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, कृषि तथा पर्यटन व्यवसायीहरू, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायीहरू, घरेलु तथा साना उद्योगहरूका साथै अन्तर्रारिष्ट्रयमा भारत, बंगलादेश, पाकिस्तानका उत्पादनको सामग्री रहने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३