प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार १८:५२

पथरीशनिश्चरे, २८ माघ । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत ४ दिनमा ३२ हजार बढीले औषधि सेवन गरेका छन् ।

आज चौथो दिन वडा नम्वर १ मा १ हजार ३ सय १७, २ मा १ हजार १ सय ८, ३ मा ५ सय ४७, ४ मा ६ सय १८, ५ मा ६ सय ३८, ६ मा १ हजार १ सय २५ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ७ मा ६ सय ३१, ८ मा १ हजार १५, ९ मा १ हजार ७६ र १० मा ६ सय ४७ जनाले औषधि सेवन गरेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । चौथोदिनसम्ममा ३२ हजार २ सय ७० जनाले औषधि सेवन गरेको उहाँले तथ्यांक प्रस्तुत गर्नुभयो ।

पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२ जनाले हात्ती पाइले विरुद्धको औषधि सेवन गरेका हुन् ।

हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रमको प्रभावकारिताको अनुगमन्मा आएको संघीय सरकारको टोलीले अघिल्लो वर्षदेखि नै पथरीशनिश्चरे उत्कृष्ठ रहेको ठहर गरेको छ ।

सरुवा रोग नियन्त्रण महाशाखा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाह र भेक्टर कन्ट्रोल निरीक्षक उत्तराज प्याकुरेलले आज अनुममन्का क्रममा उल्लेख गर्नुभयो । उहाँहरुले जनप्रतिनिधिबाट कार्यक्रमको अपनत्व ग्रहण र कर्मचारीको उत्साहजनक लगाव रहेकाले अभियान प्रभावकारी वनेको वताउनु भयो ।

औषधि खुवाउने अभियानमा नगरवासीहरुले समेत उत्साहजनक सहभागिता जनाइरहेका छन् । जसका कारण औषधि खान मिल्ने ५० हजार हाराहारीको लक्षित जनसंख्याको आधाभन्दा बढीले ४ दिनमा औषधि सेवन गरिसकेको पाइएको छ ।

चौथो दिन आज विहान वडा नम्वर १ मा रहेको पथरी बहुमुखी क्याम्पसमा नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा औषधि खुवाउने कार्यक्रम सञ्चालन भएको थियो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम माघ २५ देखि अघि बढेको छ । भोली वडा नम्वर १० मा रहेका भूटानी शरणार्थीको शिविरमा पनि औषधि खुवाउने कार्यक्रम रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३