प्रकाशित : २८ माघ २०७६, मंगलवार १८:००

विराटनगर, २८ माघ । मदन भण्डारी स्पोर्टस् एकेडेमी १ नं. प्रदेश समितिको आयोजनामा मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा प्रदेशका १४ जिल्लाले सहभागिता जनाउने छन । एकेडेमी प्रदेश समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने जानकारी दिएको छ । तेस्रो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा समूह ए मा झापा, धनकुटा, ताप्लेजुङ र इलाम बिच प्रतिस्पर्धा हुनेछ । समूह बी मा भोजपुर, उदयपुर र सोलुखुम्बु, समूह सी मा सुनसरी, पाँचथर र संखुवासभा, समूह डी मा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङ प्रतिस्पर्धा गर्नेछन् । समूह बिजेता र उपबिजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको छ ।

समूह बिभाजन पत्रकार सम्मेलनमा नै गरिएको हो । ४८ लाख रूपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरस्कार तर्फ ४ लाख १ हजाए खर्चिने बताएको छ । एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिताको प्रथमले १ लाख ५१ हजार, दोस्रो ले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

उत्कृष्ट खेलाडीले १५ हजार, उदयमान, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट लिफ्टर, बेस्ट डिफेन्सर र बेस्ट सर्भरलाई जनही १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । १२ जना खेलाडी,टीम ब्यवस्थापक र प्रशिक्षक गरि एउटा जिल्लाबाट १४ जनाको समूहले सहभागिता जनाउने छ्न । ४४ लाख रूपैयाँ पुरस्कार बाहेक खर्च लाग्ने अनुमान गरेको आयोजकले सवैभन्दा बढी यातायातमा ११ लाख ५० हजार र सवै भन्दा कम प्रचार प्रसार मा ५० हजार मात्र खर्चिने भएको छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले उद्घाटन गर्ने प्रतियोगिताको समापन मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुमा प्रतियोगिता आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै यस्ले आन्तरिक पर्यटन प्रवद्र्दनमा थप सहयोग पुग्ने बताउनुभयो ।
………………………………

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३