प्रकाशित : २६ माघ २०७६, आईतवार १९:२५

विराटनगरर, २६ माघ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आइतबारदेखि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन सुरु भएको छ ।

विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा रहेको नाटक फागुन ९ गतेसम्म मञ्चन हुनेछ । आरोहण गुरुकुलसँगको सहकार्यमा सुरु भएको नाटकमा अभिनय गर्ने कलाकारहरू विभिन्न कलेज र विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

नाटकले गरिबी, असमानतालाई सशक्त रुपमा उठाएको छ । नाटक हेरिसकेपछि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले कलाकारहरूले जीवन्त अभिनय गरेको प्रतिक्रिया दिनुभयो । नाटकमा नेपाली समाजको कारुणिक चित्रण गरेको उनको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले नाटकले गरिबी, विभेद, सामन्ती प्रवृत्तिलाई उदाङ्गो बनाएको बताउनुभयो ।

हिसान मोरङका निवर्तमान अध्यक्ष बलराम पन्तले हरेक विद्यार्थी मात्रै नभएर आम अभिभावकले समेत नाटक हेर्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका प्रमुख सल्लाहकारसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले विराटनगरका दर्शकले मञ्चले प्रस्तुत गरेका विगतका नाटकझैं बहुलाकाजीको सपना पनि मन पराउने विश्वास व्यक्त गर्नुभयोे ।

कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश नाटकमा विवेक आचार्य, सन्देश बाराकोटी, अशोक गौतम, आशुतोष कोइराला, मनिषा बराल, प्रिया कँडेल, अनिल खत्री, प्रदीप दाहाललगायतका कलाकारले अभिनय गरेका छन् । नाटक ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिनुभयो ।

यसअघि मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश मञ्चन गरिसकेको छ । मञ्चले ‘स्रष्टा र सिर्जना’ साहित्यिक शृंखलासमेत सञ्चालन गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३