प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १९:२३

विराटनगर, २६ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि एभरेष्ट फुटवल तथा भलिवल टुर्नामेन्ट शुरु भएको छ ।
टुर्नामेन्टमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले भाग लिएका छन् ।

विद्यालयका ३ देखि कक्षा ५ सम्मका चारवटा हाउस, कक्षा ६ र ७ का चार हाउस र कक्षा ८ र ९ का चारवटा हाउसबिच प्रतिष्पर्धा हुने छ ।

विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईका अनुशार आइतबार टुर्नामेन्टको उद्घाटनका कक्षा ३ देखि ५ सम्मका कर्णाली र मेचि तथा कोशी र गण्डकी हाउसबिच खेल भएको छ । जसमा मेची र गण्डकी विजय हुँदै फाइनल प्रवेश गरेका छन् ।

कक्षा ६ र ७ का कोशी र मेचि बिच भएको प्रतिष्पर्धामा कोशी विजय हुँदै फाइनल प्रवेश गरेको छ । विद्यालयका प्राचार्य टीकाराम पुरीले रेफ्रीलाई बल दिएर उद्घाटन गरेका थिए । सोमबार कक्षा ६ र ७ को समूहबाट कर्णाली र गण्डकी बिच हुनेछ भने कक्षा ८ र ९ समूहबाट मेचि र गण्डकी तथा कोशी र कर्णाली बिच हुने छ ।

भलिबलमा पुरुष तर्फ कर्णालीले गण्डकीलाई पराजित गर्यो भने दोस्रो खेलमा कोशीलाई पराजित गर्दै मेचि फाइनल प्रवेश गरेको छ ।

महिला तर्फको भलिबलमा टीम ए र बि फाइलन प्रवेश गरेका छन् । भलिबलको स्पर्धामा भने कक्षा ८ र ९ का खेलाडीले मात्र भाग लिएका छन् । भलिबलको फाइनल खेल सोमबार हुने इन्चार्ज भट्टराईले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३