प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १८:४५

विराटनगर, २६ माघ । सुनसरीको दुहबीकी एक महिलाको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । दुहवी ६ की ३२ बर्षीया सम्झना खत्री परियारको हत्यामा संलग्न भएको आरोपमा सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पहरीले पक्राउ गरेको हो ।

सामान्य विवादमा मंगलबार साँझ सम्झनाको हत्या गरेको सुरेन्द्रले प्रहरी समक्ष बताएका छन् । शुक्रबार विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा सम्झनाको शव फेला परेको थियो । साह र मृतक खत्रीवीच ३ वर्षदेखि प्रेम सम्वन्ध रहँदै आएको अनुसन्धानको क्रममा खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो ।

घटना भएको दिन विहान देखि फोन नउठाएको भन्दै साह सम्झनाको घरजाँदै गर्दा बाटैमा उनलाई भेटेपछि मोटरसाईलमा पछाडी राखी विराटनगर १२ को उखुबारीमा ल्याएर सलले घाँटी बाधि बाँसको चोयाले रेटेर हत्या गरेको प्रहरी समक्ष अभियुक्त साहले स्वीकार गरेको एसपी अधिकारीले बताउनुभयो ।

श्रीमती हराएको बिषयमा मृतक सम्झनाका श्रीमान बसन्त परियारले विहीबार इलाका प्रहरी कार्यालय नेमुवामा निवेदन दिनुभएको थियो । गत मंगलबारबाट सम्झना सम्पर्क विहीन भएको उहाँले बताउनुभयो ।

मृतकका श्रीमान बसन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा आज साह विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३