प्रकाशित : २४ माघ २०७६, शुक्रबार ०६:३६


विराटनगर, २४ माघ । मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलवाट ६० मेगावाटको विजुली उत्पादन गर्ने भएका छन् ।
पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
सो कम्पनीसँग स्पेनको लियोनमा वैठक पछि सम्झौता गरिएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
मोरंगका बेलबारी र सुन्दरहरैचा, लेटाङ, पथरीशनिश्चरे नगरपालिका तथा केरावारी र कानेपोखरी गाँउपालिकाले सोलार प्यानलको प्रयोगवाट वत्ति निकाल्नका लागेका हुन् । प्रत्येक स्थानीय तहले १०/१० मेगावाट उत्पादन गर्नेे सम्झौता पत्रमा उल्लेख गरिएको छ ।