प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १८:३६

विराटनगर, २३ माघ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झोराहाटको आयोजनामा मोरङको ग्रामथान–२ स्थित सरस्वती नमुना माविमा निःशुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले उद्घाटन गरेको शिविरको सम्पूर्ण प्राविधिक सहयोग नोवेल मेडिकल कलेज विराटनगरले गरेको थियो ।

स्वास्थ्य शिविरमा ५ सय ८ जनाले स्वास्थ्य सेवा पाउनुका साथै ४३ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा, सरस्वती मावि, ग्रामथान गाउँपालिका, एक्सेल डेभलप्मेन्ट बैंक, सशस्त्र प्रहरी बल ३ नम्बर गण, महिला स्वयम्सेविका, विराट हेल्थ कलेज, र स्काई क्लबको आर्थिक एवं प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

रेडक्रस सोसाइटी उपशाखा झोराहाटका सभापति झनेन्द्रबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सभापति सुबोधकुमार सिंह, नोवेलका प्रशासन प्रमुख नारायण दाहाल, झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका नेपाल रेडक्रस सोसाइटी झोराहाटका सचिव भरत गुरागाईं ‘बर्बरिक’, सरस्वती माविका प्रधानाध्यापक अशोक लुइँटेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३