प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १७:१७

विराटनगर, २३ माघ । न्यूरो हस्पिटल विराटनगरका मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापाद्धारा लिखित आत्महत्या रोकथाममा आधारित पुस्तक ‘सुसाईड प्रिभेन्सन’ को आज विमोचन गरिएको छ ।

न्युरो हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक थापाद्वारा लिखित सो पुस्तक आज अस्पतालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच बिमोचित गरिएको हो ।

हस्पिटलकाका विशेषज्ञ चिकित्सक, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रममा हस्पिटलका संस्थापक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले ‘सुसाईड प्रिभेन्सन’को विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा बोल्दै संस्थापक विष्टले यस पुस्तकले समाजमा दिनानुदिन बढीरहेको आत्महत्या रोकथाममा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयोे ।

पुस्तकका लेखक एवम वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापाले आत्महत्याका कारण नेपालमा दैनिक १५ जना मानिसको मृत्यु हुने र विश्वमा हरेक वर्ष १० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै नेपालमा रोकथामको प्रयास नहुने गरेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३