प्रकाशित : २२ माघ २०७६, बुधबार १८:४२

विराटनगर २२ माघ । पूर्वाञ्चल विश्वविद्यालयलाई संघिय विश्वविद्यालयकै रुपमा यथावत राख्न माग गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले आज संयुक्त विज्ञप्ती निकाल्दै पूर्वाञ्चल विश्वविद्यालयलाई प्रादेशिक बनाउन लागिएको भन्दै गंभिर ध्यानाकर्षण भएको जनार्ईएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने भनि विभिन्न सचार माध्यममा आएका समाचारप्रति प्राध्यापक संघ र कर्मचारी संघले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।

प्राध्यापक संघका केन्द्रिय अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र कर्मचारी संघका अध्यक्ष राजकुमार सापकोटाले संयुक्त विज्ञप्ती निकाल्दै विश्वविद्यालय ऐनलाई गहनरुपमा अध्ययन नगरि हाल सञ्चालित क्याम्पस र विश्वविद्यालयलाई धरासयी बनाउने गरि प्रादेशिक विश्वविद्यालय बनाउने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको मस्यौदा तयार गर्न लागेको बताईएको छ ।

सञ्चार माध्यममा आएका समाचारले विश्वविद्यालय, क्याम्पस, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक मर्माहत भएको विज्ञप्तीमा जनाईएको छ । पूर्वाञ्चल विश्वविद्यालय ऐनमा जनसहभागितामा सञ्चालन गर्ने भनि उल्लेख भएको र विश्वविद्यालयले नेपाल सरकारबाट न्युन मात्रामा अनुदान प्राप्त गर्दै आएको बताईएको छ ।

जनसहभागितामा सञ्चालित पूर्वाञ्चल विश्वविद्यालकोे पुर्वमा इलाम, उत्तरमा सोलुखुम्वु, पश्चिममा नेपालगञ्ज र काठमाण्डौं सम्म गरि १ सय २२ बटा आंगिक तथा सम्वन्धनप्राप्त कलेज रहेको विज्ञप्तीमा जनाईएको छ । विश्वविद्यालय आयोगका अनुशार पूर्वाञ्चल विश्वविद्यालय नेपालको दोश्रो ठुलो विश्वविद्यालय हो ।

पूर्वाञ्चल विश्वविद्यालयमा अहिले ६८ वटा शैक्षिक कार्यक्रममा ३७ हजार विद्यार्थी अध्यययनरत छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३