प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार १८:२२

विराटनगर, २१ माघ । आगामी माघ २५ गतेदेखि मोरंगमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने भएको छ । राष्ट्रिय हात्तिपाईले रोग निवारणका लागि विराटनगरमा आज पत्रकारसँगको अन्र्तक्रिया कार्यक्रममा फागुन दोश्रो साता सम्म औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मोरंगमा हात्तिपाईले विरुद्धको औषधि नवौं चरणमा खुवाइदैछ । हात्तिपाईलेको जिवाणु पूर्ण रुपमा नष्ट भई नसकेकाले औषधि खुवाउन लागिएको प्रमुख वस्नेतले बताउनुभयो ।

अभियान अन्र्तगत मोरंगका १७ वटै स्थानीय तहका करिव ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले बताएको छ । यसपटकको अभियानमा घर घरमा गएर पनि औषधि खुवाउने कार्यक्रम रहेको प्रमुख वस्नेतले बताउनुभयो । मोरंगको डाइनियाँ, मझारे र दादरवैरियामा गरिएको नमूना परिक्षणमा १३ प्रतिशमा हात्तिपाईलेको जिवाणु फेलापरेपछि औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख वस्नेतले बताउनुभयो । हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने कार्यक्रममा ५ हजार बढी स्वास्थ्यकर्मी खटिने भएका छन् ।

यसअघि स्वास्थ्य सेविकाबाट औषधि खुवाउँदै आईएपनि गतवर्ष देखि स्वास्थ्यकर्मीबाट औषधि खुवाउन थालिएको हो । अभियानको शुभारम्भ माघ २५ गते शहिद रंगशाला विराटनगरबाट गरिने बताईएको छ ।

मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गर्ने तयार रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हात्तिपाईलेको जिवाणु भएको जनसंख्या १ प्रतिशतमा झार्ने सन् २०१८ मा सरकारले लक्ष्य लिएपनि अहिले सम्म पुरा हुन नसकेको देखिएको छ । नेपालका करिव १ दशमलव ४७ प्रतिशत जनसंख्यामामा हात्तिपाईलेको जिवाणु देखिएको छ ।

माघ २५ गतेदेखि शुरु हुने अभियानमा प्रदेश नं. १ का मोरंग, झापा र धनकुटा जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताउनुभयो । आम सर्वसाधारणमा औषधिबारे गलत धारणा कायमै रहेकाले औषधि खुवाउने चरण बढाउनु परेको बताउनुभयो ।

६ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने देखिएपनि सवैले औषधि नखाँदा रोग निवारणमा समस्या देखिएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३