प्रकाशित : १७ माघ २०७६, शुक्रबार १७:४६

विराटनगर, १७ माघ । विराटनगरमा आज सम्पन्न हिसान स्पोर्ट्स मिट अन्र्तगत फुटवलको उपाधि सिटी कलेज विराटनगरले जितेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको आयोजनामा विराटनगरमा सम्पन्न आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको हो ।

सिटीले फाइनलमा कोशी मल्टीपल कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल शुरु भएको ११ औं मिनेटमा कोशीका अविशेक श्रेष्ठले गोल गर्दै कोशीलाई पहिलो सफलता दिलाएका थिए । गोल खाएको चौथौ मिनेपछि सिटीका विमल राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

पहिलो आफ बराबरी खेलेको सिटीले ७१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । फाइनल खेलको म्यान अफ द फाइनल सिटीका विमल राई घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडि कोशी क्याम्पसका प्रविण राई घोषित भए । प्रतियोगिताभर ५ गोल गर्दै सिटीका सन्तोष श्रेष्ठ हाइस्कोर घोषित भए ।

कोशीले क्रिकेट , भलिबलको छात्र तथा छात्रा दुवैतर्फको उपाधि जितेको छ । विजयी तथा अन्य खेलाडिहरुलाई विराटनगर महानगरपाललिकाका प्रमुख भीम पराजुली, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, केन्द्रीय महासचिव लोक भण्डारी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्री, हिसान मोरङका अध्यक्ष राजेश कार्की र वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३