प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार २०:१५

विराटनगर १६ माघ । बलात्कारपछि बालिकाको हत्या गरिएको घटनामा संलग्न दुई जनालाई जिल्ला अदालत मोरङले बाँचुनजेलका लागि कैद सजायको फैसला सुनाएको छ ।

विराटनगर महानगरपालिका ८ की ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको २०७५ साल माघ १२ गतेराति बलात्कारपछि हत्या गरिएको थियो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले बिहीबार घटनामा संलग्न २५ वर्षीय भुट्टु भनिने अब्बास अन्सारी र १९ वर्षीय चन्दु महतोलाई जीवन भर कैद सजायको फैसला सुनाएको हो ।

फौजदारी अपराधसंहिता २०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार भएको फैसलाबाट उनीहरु जीवित रहेसम्म जेलमा बस्नु पर्ने अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनुभयो ।

घटनामा संलग्न दुवै जना बालिकाका छिमेकी हुन् । बालिकाका परिवारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि अदालतले गरेको छ । उनीहरुले छिमेकीका घरमा टिभी हेर्न जाँदै गरेको अवस्थामा बालिकालाई २०७५ साल माघ १२ गते साँझ अपहरणपछि केही पर लग्दै मुख थुनेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो । बेहोस भएकी उनलाई दुवै जना मिलेर हत्या गरेपछि मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको सीमाना भएर बग्ने सिंघीया खोलामा शव फ्यालिदिएका थिए ।

शव बगिरहेको खोलाको पानी भित्र भोलिपल्ट नांगो अवस्थामा फेला परेको थियो । घटना भएको १७ दिनपछि अभियुक्त पत्ता लगाउँदै प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३