प्रकाशित : १५ माघ २०७६, बुधबार १८:४३


विराटनगर १५ माघ । विराटनगर २ मा रहेको अनमोल स्पेशल एजुकेशन सेन्टर दोश्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको पहिलो वर्ष पुुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा स्कुलले विभिन्न कार्यक्रमहरु गरेको थियो ।
बार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद, नृत्य प्रतियोगिता आयोजना गरिएको स्कुल सञ्चालक प्रिन्सीपल संगीता न्यौपाने घिमिरेले बताउनुभयो ।
अनमोल स्पेशल एजुकेशन सेन्टरमा विशेष गरि अटिजम भएका बालबालिका अध्ययनरत छन् ।
सो सेन्टरमा मोरङ, झापा र सुनसरीका विभिन्न स्थानमा बालबालिका अध्ययनका लागि आउने गरेका छन् ।