प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १८:५५

विराटनगर, १४ माघ । मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ । परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीय दयावती सरदारले आफ्ना प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदासँग एक सातादेखि नै योजना बनाएर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

विकासको शव टाउकोमा पछाडि चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार फेला परेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले श्रीमतीको परपुरुषसँगको सम्बन्धनै विकासको हत्याको मुख्य कारण रहेको अनुसन्धानबाट खुलेको जानकारी दिनु भयो । दयावती र बद्रीकै योजनाअनुसार ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदार समेत संलग्न भएर घटना गराएको उहाँको भनाइ छ ।

प्रहरीकाअनुसार विकासको घरमा रहेको पसलमा मदिरा सेवन गर्ने बहानामा ललन र मुकेशलाई लिएर बद्री माघ ५ गते आइतबार साँझ पुगेका थिए । उनीहरुले विकासलाई गाउँतिर तास खेल्न जानु पर्छ भन्दै लगे ।

केही पर एकान्तमा लगेर राति १० बजे फलामको डण्डीले सुरुमा ललनले टाउकोको पछाडि प्रहार गरेको प्रहरीको भनाइ छ । पहिलो प्रहारमै विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेर गाम्छाले घाँटीमा कस्दै हत्या गर्दै पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएको प्रहरीको भनाइ छ । टाउकोमा हान्न प्रयोग गरिएको डण्डी लुकाएर राखिएको अवस्थामा प्रहरीले जुडी खोलाबाट बरामद गरेको छ ।

हत्या गरिसकेपछि पानीमा डुबेर मृत्यु भएको देखाउन खाल्डोमा लगेर हालेको अनुसन्धानबाट खुलेको छ । एसपी अधिकारीले बद्रीसँग दयावतीको दुई वर्षदेखि अवैध प्रेम सम्बन्ध रहेको र दुईबीच शारीरिक सम्पर्क समेत हुने गरेको बताउनु भयो ।

श्रीमतीको परपुरुषसँगको अवैध सम्बन्ध विकासले थाहा पाएपछि आफूहरुको सम्बन्धमा बाधक बन्न सक्ने आंकलन गरेर दयावती र बद्रीको योजनामै हत्या भएको उहाँको भनाइ छ ।

प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले बताउनु भयो ।

प्रहरीले पक्राउ परेका चारै जनालाई आज विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३