प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १८:५३

विराटनगर, १४ माघ । अनलाइन सपिङका नाममा ठगि गरेको आरोपमा मोरङ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । करिब ६९ लाख नेपाली रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, मोरङ सुन्दरहरैँचा नगरपालिका– ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका – २० विष्णुपादुका बस्ने २० वर्षीय भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेहरु मध्ये मुख्य नाईके निरञ्जन हुन् । ‘वेष्ट बाई’ नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य सात जनालाई परिचालन गर्दै आएको खुलेको एसपी अधिकारीले बताउनु भयो । युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए ।

चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निरञ्जनको समुहको नेटवर्क भारतमा पनि छ । उनले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका छन् ।

प्रहरीका अनुसार आचार्यले विभिन्न बैंकमार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएको जानकारी एसपी अधिकारीले दिनु भयो । भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन् । उनले १७ जना व्यक्तिका नाममा ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन् ।

प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंकखाता छ । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता छछन् । उनीहरुको नाम परिवर्तन गर्दै एउटै बैंकमा तीन वटासम्म खाता खोलेका छन् । पक्राउ पर्ने डरले कारोबार भइसकेपछि भने ती बैंकका खाता बन्द गर्दै हिँड्ने गरेको पाइएको छ ।

युवतीहरुलाई एक बैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिएर आचार्यले चेक आफू प्रयोग गर्दै आएको एसपी अधिकारीको भनाइ छ । यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाईसकेपछि भने बन्द हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

ग्राहकबाट बैंकमा जम्मा भएको रकम निकाल्नका लागि आचार्यले शिवजी खड्का र देवी चौलागाईलगायतलाई प्रयोग गर्दै आएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३